प्रधानमन्त्री कप : वर्षाका कारण आजका सबै खेल रद्द

चैत्र १४, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप : वर्षाका कारण आजका सबै खेल रद्द

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबारका दुवै खेल वर्षाका कारण रद्द भएका छन् ।

यससँगै गण्डकी प्रदेश र नेपाल पुलिस क्लब तथा नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले १-१ अंब बाढेका छन् । शनिबार बिहानै परेको पानिका कारण समयमै सुरु हुन नसकेका कारण दुबै खेलमा ओभर कटौती गरिएको थियो । तर, खेल जारी रहँदा पुन: वर्षा भएपछि दुवै खेल रद्द गर्नु पर्यो ।

मसलपानिको माथिल्लो मैदानमा गण्डकी र नेपाल पुलिसबीचको खेल पहिला २६ र त्यसपछि २२ ओभरमा घटाइएको थियो । पुलिसले टस जितेर फिल्डिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको गण्डकीले १८ ओभरमा २ विकेट गुमाएर १ सय ३ रन बनाएको अवस्थामा वर्षा भएको थियो । केही समयपछि वर्षा रोकिँदा खेललाई २२ ओभरमा घटाइएको थियो तर, पुन: वर्षा भएपछि दुवै टिमले १-१ अंकमा चित्त बुझाए । 

गण्डकीका अर्जुन कुमाल ३४ र दिपक डुम्रे १२ बलमा ३२ रनसहित क्रिजमा थिए । कुलिसका कारण केसी र ललित राजवंशीले १-१ विकेट लिएका थिए । यससँगै ४ खेलमा ५ अंक जोडेको पुलिस तालिकाको शीर्ष स्थानमा यथावत् छ भने पुछारमा रहेको गण्डकीले अंकको खाता खोलेको छ ।

मुलपानीकै तल्लो मैदानमा एपीएफ र आर्मीबीचको खेल २० ओभरमा झारिएको थियो । आर्मीले टस जितेर फिल्डिङ रोजेपछि सुरुवामा ब्याटिङ गरेको एपीएफले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर ८५ रन बनाएको अवस्थामा वर्षाका कारण अवरद्ध खेल पुन: सुरु हुन सकेन । 

एपीएफका दिपक बोहोराले १८ र आसिफ शेखले २१ रन जोडेका थिए भने कप्तान रोहित पौडेल २६ रनमा अविजित थिए । आर्मीका कुशल मल्ले २ विकेट लिएका थिए । यससँगै ३ खेलमा ५ अंक जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा छ । ३ खेलमा ३ अंकसहित एपीएफ सातौं स्थानमा छ ।