
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवाको तेम्बेवा वजारमा आगलागी हुँदा चार घर पुर्ण रुपमा जलेका छन् । ब्यापार गरेर बस्ने समेतगरी पाँच परिवार बिस्थापित भएका छन् । स्थानीय गजेन्द्र थलङका अनुसार आगलागीबाट राजकुमार साँबा, ईन्द्र कुमार साँबा, बिष्णु साँबा र अनिल साँवाको घर जलेको छभनें यीनै घरमा पसल गर्ने दोर्ची शेर्पा र पासाङ फुट्टी शेर्पाको पसल पुर्णरुपमा जलेको छ ।
मंगलबार राति साढे दश वजेतिर रोकिराखेको मोटरसाइकलमा अचानक आगलागी भएको र त्यसलाई देखेका स्थानीय र युवाले नालीतिर पल्टाउन खोज्दा घरतिर पल्टिएपछि त्यसैबाट आगलागि सुरु भएको गजेन्द्र थलङले जानकारी दिनुभयो । स्थानीयवासी र मेवा डेभलभर हाइड्रो कम्पनिमा रहेका नेपाली सेनाको टोली आएपनि आगो नियन्त्रणमा लिन नसकी सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो ।
यहा ५० देखि ६० मनको हाराहारीमा अलैचीका बोरा भएकाले करोडौं रुपैंया वरावरको क्षती भएको अनुमान गरिएको उहाँले बताउनुभयो । बुधबार बिहान सदरमुकाम फुङलिङ लैजाने गरी यहाँ गोदाम गरेर राखिएको थियो । अहिले अलैची प्रतिमन एक लाखको हाराहारीमा मुल्य रहेको छ ।