हिमपातका करण माथिल्लो डोल्पामा दैनिक जन-जीवन कष्टकर

कार्तिक १४, २०८२ |सरोज थापा
हिमपातका करण माथिल्लो डोल्पामा दैनिक जन-जीवन कष्टकर

डोल्पा । डोल्पालगायत हिमाली भेकहरूमा निरन्तर हिमपात भएसँगै माथिल्लो डोल्पा सञ्चारविहिन हुनुका साथै जनजीवन प्रभावित भएको छ । 

निरन्तर हिमपात भएसँगै माथिल्लो डोल्पाको धो तराप, पोल्दे, तिज्ने, छार्काभोट, सल्दाङ्ग, कोमास, फोक्सुन्डो ताल लगायतका उच्च वस्तीहरू सञ्चारविहिन हुनको साथै दैनिक जन-जिवन कष्टकर तथा प्रभावित भएको छ ।

हिमपातको कारण चौरी याक, भेडा च्याङ्गा , घोडा र मानिसहरूको दैनिक आवात-जावत बासस्थानमा समेत अवरोध भएको छ । तीन दिनदेखि डोल्पाका हिमाली भू-भागमा हिमपात भैरहेको छ । जिल्ला प्रशाशन कार्यलाय डोल्पाले निरन्तर वर्षा र हिमपात भैरहेकोले यो समया यात्रा नगर्न आग्रह गरिएको छ ।

यो समयमा फोक्सुन्डो तालसम्म घुम्न आउनेको संख्या तिव्र भैरहेको बेला यो साल कार्तिकमै हिमपात हुँदा आन्तरिक तथा बाह्य प्रर्यटकलाई समेत सास्ती भएको छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।