धनकुटा । धनकुटामा आर्थिक वर्ष २०८१/८२ का कार्यक्रम, बजेट र योजनाको बार्षिक प्रगतिसमीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरू भएको छ। दुई दिनसम्म चल्ने कार्यक्रममा जिल्लाका सरकारी कार्यालय, संघ-संस्था र स्थानीय तहले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नेछन्।
कार्यक्रमको पहिलो दिन केही स्थानीय तहले आफ्ना असल अभ्यास र प्रगति विवरण प्रस्तुत गरे पनि धेरैजसो कार्यालय प्रमुख वा प्रतिनिधि मात्र सहभागी थिएनन् । सरकारी कार्यालय र स्थानीय तहले कार्यक्रमलाई अपेक्षित महत्व नदिएको भन्दै कोशी प्रदेशसभा सदस्य इन्द्रमणी पराजुलीले असन्तुष्टि जनाउनुभयो।
यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा धनकुटाको चौविसे गाउँपालिका पहिलो, सहिदभूमि गाउँपालिका दोस्रो र पाख्रिबास नगरपालिका तेस्रो स्थानमा परेका छन्।
उनीहरूलाई प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, निरन राई र प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो।