काठमाडौं । परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरूले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकोमा जोड दिएका छन् ।
प्रेस चौचारी नेपालले साेमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै एमाले नेता राजन भट्टराई, सिमाविद वुद्धिनारायण श्रेष्ठ, नेपाल-भारत सीमा अध्ययन सिमितिका संयोजक विष्णु उप्रेतीले भदौ ३ गते नेपाली भूमिको बाटो हुँदै भारत-चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति भएकोप्रति आपत्ति जनाउँदै त्रिपक्षीय संवादबाट समाधान खोज्न सुझाव दिएका हुन् ।
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक नेपालको भूमि रहेको स्पष्ट पार्दै चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउनुभएको थियो ।