बायर लेभरकुसेनले मुख्य प्रशिक्षक एरिक टेन हाखलाई तीन खेलपछि नै गर्‍यो बर्खास्त

भाद्र १६, २०८२ |खेल ब्युरो
बायर लेभरकुसेनले मुख्य प्रशिक्षक एरिक टेन हाखलाई तीन खेलपछि नै गर्‍यो बर्खास्त

काठमाडौं । जर्मन बुन्डेसलिगा क्लब बायर लेभरकुसेनले आफ्नो मुख्य प्रशिक्षक एरिक टेन हाखलाई तीन खेलपछि नै बर्खास्त गरेको छ।

टेन हाखलाई गत मे महिनामा लेभरकुसेनले नयाँ मुख्य प्रशिक्षकको रूपमा अनुबन्ध गरेको थियो। उनको नेतृत्वमा लेभरकुसनले पहिलो खेलमै टिएसजी होफेन-हाइमसँग घरेलु मैदानमा २-१ को हार ब्यहोरेको थियो। 

त्यस्तै आइतबार भएको दोस्रो खेलमा ३-१ को अग्रता लिए पनि वेर्डर ब्रेमेनसँग अन्ततः ३-३ को बराबरीमा रोकिएको थियो। लिभरकुसन गत सिजनको उपविजेता टोली हो भने सन् २०२३/२४ को सिजनमा लिग च्याम्पियन बनेको थियो। 

सन् २०१८ देखि २०२२ सम्म डच क्लब आयाक्समा रहँदा उनको नेतृत्वमा टोली च्याम्पियन बनेको थियो। तर उनको त्यसपछि युनाइटेड र लिभरकुसनको यात्रा भने सहज हुन सकेन्। 

उनी गत वर्ष अक्टोबरमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पनि बर्खास्त भएका थिए। क्लबले आज जारी गरेको विज्ञप्तिमा यो कदम कसैले लिन नचाहेको बताएको छ। 

क्लबका प्रबन्ध निर्देशक साइमन रोफ्लेसले यो सेटअपमा नयाँ र सफल टोली बनाउन सम्भव नभएको भन्दै उनको बर्खास्ती पुष्टि गरेका हुन्।