काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोषअन्तर्गत ल्याउन सरकारसँग माग गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित सांसदसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष जगत सिम्खडाले सो माग गर्नुभएको हो । उहाँले सो कार्यक्रमलाई सामाजिक सुरक्षा ऐनअन्तर्गत नल्याए सरकारले धान्न नसक्ने जिकिर समेत गर्नुभयो ।
अध्यक्ष सिम्खडाले बहुराष्ट्रिय कम्पनीहरूको दबाबमा श्रम ऐन पनि कार्यान्वयनमा आउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । मजदुरमैत्री श्रम ऐन कार्यान्वयनमा आउन नदिन बहुराष्ट्रिय कम्पनीहरूजस्ता विचौलियाहरूले सरकारलाई नदिएको उहाँको भनाइ थियो ।
अध्यक्ष सिम्खडाले सरकारले मजदुर विरोधी ऐन भने कार्यान्वयनमा ल्याएको भन्दै आपत्ति जनाउनु भयो । अध्यक्ष सिम्खडाले सामाजिक सुरक्षा कोषको महत्वबारे सांसदहरू समेत बेखबर रहेको गुनासो पनि गर्नुभयो ।