सिमलताल दुर्घटना : घटनास्थलमा भोकभोकै शोकाकुल आफन्त [स्थलगत रिपोर्ट]

त्रिशूलीमा बेपत्ताको अवस्था पत्ता लगाइदिन आफन्तको विलौना
थप दुई जनाको शव भेटियो
असार ३०, २०८१ |राजु चौधरी
सिमलताल दुर्घटना : घटनास्थलमा भोकभोकै शोकाकुल आफन्त [स्थलगत रिपोर्ट]

चितवन । चितवनको सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बस खसी बेपत्ता भएका यात्रुका थप दुईवटा शव आज फेला परेका छन् । दुवै शव भारतीयको भएको प्रहरीले जनाएको छ ।

आज अर्को शव पनि फेला परेको तर परिचय नखुलेकाले शव बेपत्ता बसका यात्रुको भए/नभएको यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

बसको यात्रुचलानीमा भएका र आफन्तले जानकारी गराएका आधारमा दुवै बसमा गरी ६५ यात्रु रहेको खुलेको छ । तीमध्ये तीनजनाले पौडेर ज्यान जोगाएका छन् ।

बस खसेको तीन दिन भइसक्यो । बेपत्ता बसमा रहेका यात्रुका आफन्तजनहरू घटनास्थल र खोजी चलिरहेको ठाउँमा शोकाकुल अवस्थामा केही खबर पाइने आशामा भोकैप्यासै बसिरहेका छन् ।

विस्तृत भिडियोमा :

यो पनि...

अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका बस र यात्रु

त्रिशूलीमा दुईटा बस र ६२ यात्रु बेपत्ता भएको दुई दिनपछि गृहसचिवसहितका सुरक्षा अधिकारीद्वारा घटनास्थलको निरीक्षण

हेर्नुहोस् राजु चौधरीका थप स्टोरी ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement