त्रिशूलीमा दुईटा बस र ६२ यात्रु बेपत्ता भएको दुई दिनपछि गृहसचिवसहितका सुरक्षा अधिकारीद्वारा घटनास्थलको निरीक्षण

असार ३०, २०८१ |राजु चौधरी
त्रिशूलीमा दुईटा बस र ६२ यात्रु बेपत्ता भएको दुई दिनपछि गृहसचिवसहितका सुरक्षा अधिकारीद्वारा घटनास्थलको निरीक्षण

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका २९, सिमलतालस्थित पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस बेपत्ता भएको दुई दिनपछि गृहसचिवसहितको सुरक्षा अधिकारीको टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।

आज दिउँसो गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँगै गृह मन्त्रालयका कर्मचारीहरू घटनास्थल पुगेका हुन् ।

टोलीलाई चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, चितवन प्रहरी प्रमुख भावेश रिमाल, खोज-उद्धारमा खटिएका सुरक्षाकर्मीले खोजी तथा उद्धार कार्यबारे जानकारी गराएका थिए । त्यस क्रममा गृहसचिव अर्यालले घटनास्थलको प्रकृति हेरेर चीन र भारतबाट नयाँ प्रविधि झिकाउन पहल भइरहकेो जानकारी दिनुभयो ।

यसैबीच यातायात व्यवसायी सरोज सिटौलाले दुर्घटनाको अधिकार सम्पन्न आयोग बनाएर छानबिन गर्न माग गर्नुभएको छ ।

गत शुक्रबार बिहान साढे ३ बजे काठमाडौंबाट गौर जाँदै गरेको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको बस पहिरोले बगाएर त्रिशूलीमा खसेपछि तीन दिनदेखि खोजी जारी छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement