कर्णाली पुलमा अड्किएका खच्चरको उद्धार सकियो, १३ मध्ये दुई खच्चर बाँचेनन्

जेष्ठ २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर्णाली पुलमा अड्किएका खच्चरको उद्धार सकियो, १३ मध्ये दुई खच्चर बाँचेनन्

दैलेख । आज बिहान ९ बजेदेखि कर्णालीमाथिको झुलुङ्गेमा अड्किएका खच्चरको उद्धार सकिएको प्रहरीले जनाएको छ । 

खिड्कीज्युलास्थित दैलेख र अछाम जोड्ने झोलुङ्गे पुलको एकातर्फको फलामे लठ्ठा चुँडिदा १३ वटा खच्चर पुलमै अड्किएका थिए । ती मध्ये ११ वटालाई सकुशल उद्धार गरिएको छ भने दुईवटा खच्चर मरेका छन् ।

पुलमा अड्किएका खच्चरलाई लट्ठा काटी कर्णालीमा खसालेर सकुशल उद्धार गरिएको हो । अछामबाट दैलेखमा दैनिक उपभोग्य सामग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलमै अड्किएका थिए ।

प्रहरीका अनुसार पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिएका छन् । खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनील दाहालले जानकारी दिनुभएको छ ।

यो पनि...

झोलुङ्गे पुलको जाली लत्रियो, १३ खच्चड पुलमै अड्किए (तस्बिरहरू)

पुलमा अड्किएका खच्चरमध्ये १० वटालाई कर्णालीमा खसालेर उद्धार


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement