पुलमा अड्किएका खच्चरमध्ये १० वटालाई कर्णालीमा खसालेर उद्धार

जेष्ठ २७, २०८१ |चक्र भण्डारी
पुलमा अड्किएका खच्चरमध्ये १० वटालाई कर्णालीमा खसालेर उद्धार

दैलेख । कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकातर्फको फलामे लठ्ठा चुँडिदा पुलमै अड्किएका १३ वटा खच्चरमध्ये १० वटालाई सकुशल उद्धार गरिएको छ ।

लठ्ठा चुँडिदा अड्किएका खच्चरमध्ये १० वटालाई कर्णालीमा खसालेर सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । अछामबाट दैलेखमा दैनिक उपभोग्य सामग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलमै अड्किएका थिए ।

आज बिहान साढे ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका-९ बाट दैलेखको आठबीस नगरपालिका-४ खिड्कीज्यूला बजारमा दैनिक उपभोग्यवस्तु लिन खच्चड जाँदै थिए । प्रहरीका अनुसार पुलको एकातर्फका दुई वटा लठ्ठा चुँडिएका छन् ।

खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनील दाहालले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार...

झोलुङ्गे पुलको जाली लत्रियो, १३ खच्चड पुलमै अड्किए (तस्बिरहरू)


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement