डोल्पामा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा ३ जना नेपाली सेनाको मृत्यु

चैत्र २७, २०८० |सरोज थापा
डोल्पामा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा ३ जना नेपाली सेनाको मृत्यु

डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिकाको मष्टा भवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा जलेर ३ जना नेपाली सेनाको मृत्यु भएको छ ।

डढेलोमा परी घाइते भएका सैनिकलाई सोमबार डोल्पाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । उनीहरूलाई  नेपाली सेनाको हस्पिटल छाउनीबाट रिफर गरी कीर्तिपुर बोन हस्पिटलमा थप उपचारका लागि लगिइएको थियो ।  घाइते आशिष बुढाको उपचारकै क्रममा मंगलबार बिहान कीर्तिपुर बोन अस्पतालमा मृत्यु भएको नेपाली सेनाको श्रोतले जनाएको छ ।

जलेर घइते भएका जमदार केसर बहादुर दर्जा मगरको सुर्खेतबाट काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । 

यस्तै हेमन्त रावलको जिल्ला अस्पताल डोल्पामै  उपचारकै क्रममा मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए । अर्का घाइते विजय कोईरालाको भने कीर्तिपुर बोन अस्पतालमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी तुल्सीप्रशाद दाहालले बताए ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।