ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीयले कालो झण्डा देखाएका छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गर्नुभएका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उहाँको गतिविधिको विरोध गरेका हुन् ।
महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा मुर्दावादको नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण महतोलाई कालो झण्डा देखाइएको स्थानीय सुन्दर लिम्बूले बताउनुभयो । लिम्बूले ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न पनि सबैलाई आग्रह गर्नुभयो ।