ताप्लेजुङ । ‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको छ ।
काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा लगाउँदै राँके जुलुस प्रदर्शन गरेका थिए । त्यही क्रममा सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएको आशंका गरिएको छ । प्रदर्शनमा मधेश प्रदेशबाट आएकाहरू समेत सहभागी छन् ।
काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । उनीहरूले केबलकार कुनै हालतमा बन्न नदिने दोहोर्याएका छन् ।