काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया र खाडीका अन्य मुलुकबाट पनि श्रम स्वीकृति दिने तयारी गरेको छ । वैदेशिक रोजगार विभागले फागुन पहिलो साताबाट ओमान र यूएईमा श्रम स्वीकृति सेवा सुरू गरेको थियो ।
दोस्रो चरणमा बढी नेपाली श्रमिक रहेका साउदी अरेबिया, कुवेत, बहराइन, कतार र मलेसियाबाटै सेवा दिइने विभागले जनाएको छ ।
सरकारले भिजिट भिसामा पुगेका श्रमिकलाई वैधता दिनका लागि विदेशस्थित दूतावासबाटै श्रम स्वीकृति दिने अभियान सुरू गरेको हो । यसअन्तर्गत कम्तीमा ५ लाख नेपाली श्रमिक लाभान्वित हुने श्रम मन्त्रालयको आकलन छ । अभिलेख भएपछि श्रमिकहरूले बिरामी वा अंगभंग भएमा रोजगार बोर्डको सचिवालयबाट पाउने सेवा सुविधा पाउन सक्नेछन् ।