सडकमै मिटरब्याजपीडितको धर्ना (तस्बिरसहित)

न्याय नपाएसम्म घर नफर्किने अडान
फाल्गुन ११, २०८० |हेमकुमार प्रसाईं
सडकमै मिटरब्याजपीडितको धर्ना (तस्बिरसहित)

काठमाडौं । २३ दिनको पैदलयात्रापछि काठमाडौं आइपुगेका मिटरब्याजपीडितले सडकमै धर्ना सुरु गरेका छन् ।

सरकारलाई आफ्नो आवाज सुनाउन सिंहदरबार अगाडिको भद्रकालीमा धर्ना दिने योजना रहे पनि प्रहरीले रोकेपछि राष्ट्रिय सभागृहअगाडिको सडकमै धर्ना दिएका थिए । पछि प्रहरीले उनीहरुलाई भद्रकालीतर्फ जान दिएपछि भद्रकालीमै धर्ना दिए ।

उनीहरुले प्रहरीले ज्यादति गरेको आरोप लगाउँदै गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै भद्रकालीतर्फ गएका थिए । उच्चस्तरीय आयोग बनाएर मिटरब्याज समस्या समाधान गर्न उनीहरुको माग छ । बुधबार थानकोट आइपुगेका उनीहरु हिजै सिंहदरबार जाने तयारीमा रहे पनि पानी परेपछि रोकिएका थिए । आज बिहानै उनीहरु मार्च पाससहित थानकोटस्थित त्रिभुवन पार्कबाट हिँडेका हुन् ।

संघीय राजधानी काठमाडौं आएर आफ्नो आवाज सुनाउने योजनासहित मिटरब्याजपीडितले माघ १६ गते झापा र कञ्चनपुरबाट एकैसाथ न्यायमार्च सुरु गरेका थिए । सरकारले कानुनै बनाएर मिटरब्याजलाई अपराध करार गरेको र कारबाही भइरहेको बताइरहँदा पीडितहरु अझै न्याय नपाएको गुनासो गरिरहेका छन् ।

पटक-पटक मिटरब्याजपीडित धर्ना र प्रदर्शनमा उत्रिरहँदा पनि सरकारले भने आर्थिक अपराधसँग सम्बन्धित गुनासो फर्स्योट गर्न नसकेको मिटरब्याजविरुद्ध संघर्ष समितिका प्रवक्ता निर्ग नवीन बताउँछन् ।

यो पनि...

सरकारले अहँ ! सुन्दै सुनेन मिटरब्याजपीडितको आवाज

मिटरब्याजपीडितको आवाज सुन्ला त राज्यले ?

मिटरब्याजपीडितको आवाज सुन्ला त राज्यले ?

मिटरब्याज पीडितहरु काठमाडौं आएकोमा गृहमन्त्री रुष्ट

झरी र चिसोले मिटरब्याजी प्रभावित


Image

हेमकुमार प्रसाईं

प्रसाईं कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement