पाल्पा । मुक्तिनाथ विकास बैंकले स्थापनाको १८औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता माधवप्रसाद अर्याललाई पुरस्कृत गरेको छ ।
बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी लेख तथा समाचार प्रकाशित गर्ने पत्रकारहरूबाट पुरस्कारका लागि आवेदन आह्वान गरेको थियो । देशभरबाट आवेदन आह्वान गरी अर्याल सहित तीन जना पत्रकारलाई मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार प्राप्त गर्ने अन्यमा जुम्लाका पत्रकार सागर परियार, काठमाडौंकी कौशिला कुँवर हुनुहुन्छ । अर्याललाई १५ हजार, परियारलाई ३५ हजार र कुँवरलाई २५ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरेका मुक्तिनाथ विकास बैंकले जनाएको छ ।
अर्याल दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर मिडियामा संलग्न रही पत्रकारिता गर्दै आउनुभएको छन् ।