झरी र चिसोले मिटरब्याजी प्रभावित

फाल्गुन १०, २०८० |कान्तिपुर टीभी संवाददाता
झरी र चिसोले मिटरब्याजी प्रभावित

काठमाडौं । २३ दिनको पैदलयात्रापछि काठमाडौं आएका मिटरब्याजपीडित झरी र चिसोले प्रभावित बनेका छन् ।

सिंहदरबार आउने तयारी गरेका उनीहरुले आज थानकोटस्थित त्रिभुवनपार्कमै रात बिताउने भएका छन् । बस्ने उचित व्यवस्था नहुँदा पीडितको विचल्ली भएको छ । पानी पर्न रोकिएपछि भोलि सिंहदरबारसम्म मार्चपास गर्ने तयारी छ । खुला आकाशमुनिको बसाइँ र पानी पर्दा भिजेका उनीहरु बिरामीसमेत परेका छन् ।

उनीहरु हिजो २३ दिन पैदलै काठमाडौं आएका हुन् । सरकारले न्याय नदिएसम्म भृकुटीमण्डपमा धर्ना दिएर बस्ने पनि पीडितको योजना छ । संघीय राजधानी काठमाडौं आएर आफ्नो आवाज सुनाउने योजनासहित मिटरब्याजपीडितले माघ १६ गते झापा र कञ्चनपुरबाट एकैसाथ न्यायमार्च सुरु गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement