मिटरब्याज पीडितहरु काठमाडौं आएकोमा गृहमन्त्री रुष्ट

फाल्गुन ११, २०८० |कान्तिपुर टीभी संवाददाता
मिटरब्याज पीडितहरु काठमाडौं आएकोमा गृहमन्त्री रुष्ट

बाँके । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरु न्यायका लागि काठमाडौं आउनुपर्ने कारणै नभएको बताएका छन् । 

नेपालगन्जमा भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले जिल्ला जिल्लामै समाधान हुने समस्या लिएर काठमाडौं आउनुको अर्थ नभएको जनाए । उनले भने, 'मिटरब्याज पीडितहरु न्याय माग्न काठमाडौं आउने होइन । उनीहरुको समस्या जिल्ला-जिल्लामै समाधान हुन्छ ।'

मिटरब्याज पीडितहरु २३ दिन लगाएर न्यायका लागि काठमाडौं आइपुगेका छन् । उनीहरुलाई प्रहरीले काठमाडौंको राष्ट्रियसभा गृह अगाडि सडकमा रोकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement