लुम्बिनीमा बुद्ध जयन्तीको विशेष पूजा र कार्यक्रम

वैशाख २९, २०८२ |भुवन पाण्डे
लुम्बिनीमा बुद्ध जयन्तीको विशेष पूजा र कार्यक्रम

रुपन्देही । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम भइरहेको छ । आज बिहानै शोभायात्रा निकालिएको छ भने भिक्षु–भिक्षुणी, लामा गुरुहरु तथा उपासकहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा प्रार्थनासभा भएको छ ।

शोभा यात्रामा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी, भिक्षु-भिक्षुणी, लामा-गुरु, उपसाक, स्थानीय, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए । 

बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन आज लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ । 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार समितिका संयोजक ढुण्डिराज भट्टराईले विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय सरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने बताउनुभयो ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।