टिकटकले पठाएको पत्रबारे छलफल गर्न सञ्चार मन्त्रालयमा बैठक

मंसिर १, २०८० |कान्तिपुर टीभी संवाददाता
टिकटकले पठाएको पत्रबारे छलफल गर्न सञ्चार मन्त्रालयमा बैठक

काठमाडौं । टिकटकले दूरसञ्चार प्राधिकरणमार्फत् नेपाल सरकारलाई पठाएको पत्रका बारेमा छलफल गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बैठक बस्दैछ ।

सञ्चार मन्त्रालयले प्राधिकरणलगायतका निकायका अधिकारीलाई छलफलका लागि बोलाएको हो । टिकटकको चिठीको जवाफ दिनुपर्ने भए के गर्ने भन्ने विषयमा छलफल गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जनाएका छन् ।

सरकारले नेपालमा टिकटक चल्न नदिने निर्णय गरेपछि सामाजिक सञ्जाल टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.