‘विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन योजना आवश्यक’

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन योजना आवश्यक’

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विपद् व्यवस्थापनमा दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । आयोगद्वारा आयोजित 'विपद् व्यवस्थापनमा मानव अधिकार' विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मगरले विपद् व्यवस्थापनको पूर्वतयारी, प्रतिकार्य र विपद्‌ न्यूनीकरणमा दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभएको हो ।

प्रिमनसुन प्रारम्भ भइसकेको औलाउँदै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले जोखिम क्षेत्रको पहिचान गर्न सके मात्र पनि विपद् न्यूनीकरणमा धेरै सहयोग पुग्ने बताउनुभयो ।

उहाँले गत वर्ष विपद्‌मा समन्वय र जोखिम क्षेत्र पहिचान समयमै नहुँदा संघीय राजधानीमै विपद्ले बितण्डा मच्चाएको समेत औंल्याउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.