टिकटकमाथिको प्रतिबन्धपछि प्राधिकरणलाई टिकटक मुख्यालयको पत्र

मंसिर १, २०८० |कान्तिपुर टीभी संवाददाता
टिकटकमाथिको प्रतिबन्धपछि प्राधिकरणलाई टिकटक मुख्यालयको पत्र

काठमाडौं । सरकारले बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ ।

नेपालका विभिन्न सरकारी निकायका प्रतिनिधिसँग गरिएको समझदारी उल्लेख गर्दै टिकटकले मापदण्ड विपरीतका भिडिओ सामग्रीहरू हटाइएकोसमेत दाबी गरेको छ ।

पत्रमा गत टिकटकले अगस्ट २९ मा आफू डिजिटल सेवा करदाताको रूपमा पनि दर्ता भइसकेको भनेको छ ।

टिकटकले प्रयोगकर्ताको सुरक्षा आफ्नो पनि प्राथमिकताको विषय भएको उल्लेख गर्दै नेपालको घरेलु कानुनविपरीतका सामग्री हटाउने गरी सरकारले सिधै अनुरोध गर्न सक्ने गरी पहुँच दिएको र थप चासो भए सम्बोधन गर्न तयार रहेको पनि टिकटकले स्पष्ट पारेको छ ।

टिकटकको दक्षिण एसियाली प्रतिनिधिले नेपाल सरकारको निर्णयले आश्चर्यचकित बनाएको र छिट्टै पुनर्विचार हुने अपेक्षा गरेको पत्र मार्फत जनाएका छन् ।

सम्बन्धित समाचार...

के छ टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा ? (पत्रसहित)

टिकटक चल्न नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.