संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । पछिल्ला सुनुवाइमा रिटमाथि संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् । 

गत वैशाख ७ देखि १० गतेसम्म दिनहुँ भइरहेको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणले स्थगित भएको थियो । भ्रमणका कारण स्थगित संवैधानिक इजलासको सुनुवाइ आइतबारदेखि फेरि सुरु भएको हो । अहिले ५२ संवैधानिक पदाधिकारीका कानुन व्यवसायीहरूको बहस चलिरहेको छ । 

संवैधानिक इजलासले सोमबार बुद्ध जयन्तीका दिन सार्वजनिक बिदा परेकाले मंगलबारका लागि निरन्तर सुनुवाइको मिति तोकेको छ । प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले सुनुवाइ सकिएको दिन संक्षिप्त आदेश गर्ने वा निर्णय सुनाउने मिति तोक्ने सम्भावना रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.