जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ : प्रधानमन्त्री दाहाल

जेष्ठ १९, २०८०
जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ : प्रधानमन्त्री दाहाल

नयाँदिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटेल आइटिसी मौर्यमा शुक्रबार बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्त्वपूर्ण सहमति भयो ।’ उनले  ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको पनि दाबी गरे । 

नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलियम पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै दाहालले जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका हुन् ।

महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘यीलगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो’, दाहालले भने ।

उनले सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको पनि बताए । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

सम्बन्धित समाचार...

कूटनीतिक मामिलाका जानकार भन्छन्- नेपालको मुख्य चासोलाई भारतले महत्त्व दिएन

दाहाल र मोदीको उधारो आश्वासन : एकातिर कागज, अर्कातिर भाषण

भारत भ्रमणको इतिहास : कुन प्रधानमन्त्रीका पालामा केके भयो ?

मोदीको भाषणको पूर्णपाठ : सिमानाको मुद्दा पनि समाधान गरिनेछ (भिडियोसहित)


Enter Kantipur TV HD
Advertisement