फायरसाइडमा गगन थापा : विरोधाभासभित्रका प्रश्नहरूको खोजी

माघ २८, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा गगन थापा : विरोधाभासभित्रका प्रश्नहरूको खोजी

देशमा अहिले दुई ठूला दलहरूले चलाएको सरकार छ । चिर प्रतिद्वन्द्वी एमाले र कांग्रेसको सरकार भन्छ – हामीलाई परिणाम देखाउन हतार छ ।

आफूहरूले चलाएको सरकारसँग हुटहुटी मात्र होइन, संसद्‌मा पनि बहुमत साबित गर्न सक्ने दाबी पनि उनीहरूसँग छ । तर धमाधम अध्यादेश मार्फत् शासन सञ्चालन गर्न खोजेको झल्को उसका कदमहरूमा झल्किन्छ ।

आफूलाई लोकतन्त्रको संरक्षक मान्ने सत्तारुढ दलहरू अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रश्न उठाउने विधेयक अघि सार्छ । राजनीतिक स्थिरतालाई मूल अजेन्डा बनाएको सरकार आफ्नै समर्थक दललाई विश्वासमा लिन सक्दैन, परिणामत: पदीय बार्गेनिङमा अल्झिन्छ । कुनै समय एमाले नेतृत्वको सरकार आए हाँस्न पनि पाइँदैन, रुन पनि पाइँदैन भन्ने नेपाली कांग्रेस उही एमालेको नेतृत्वको सरकारको सारथि छ ।

उसलाई सरकारको गतिसँग सन्तोष छैन तर सार्वजनिक खपतमा सरकारले राम्रो काम गरिरहेको दाबी गर्न छोड्दैन । विरोधाभासहरू प्रशस्तै छन् । फायरसाइडको आजको अंकमा यिनै विरोधाभासभित्रका प्रश्नहरूको समाधान खोज्नेछौं र आज हामीसँग हुनुहुन्छ, सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा ।

हेर्नुस् कार्यक्रम फायरसाइड :


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement