राष्ट्रिय पञ्चायत सदस्य दाहालको निधन

माघ २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय पञ्चायत सदस्य दाहालको निधन

काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनिया रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिनुभयो ।

पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुनुभएको थियो । श्रेष्ठलाई हराएपछि उहाँ चर्चामा आउनुभएको थियो ।

दाहाल विसं २०२९ मा उपप्रधानपञ्च पनि निर्वाचित हुनुभएको थियो । पशुपति आर्यघाटमा उहाँको आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement