महानगर महाबहस : भरतपुर महानगर प्रमुख रेनुको दोस्रो कार्यकाल; के-के भयो त काम ?

पुस २५, २०८१ |विजय पौडेल
महानगर महाबहस : भरतपुर महानगर प्रमुख रेनुको दोस्रो कार्यकाल; के-के भयो त काम ?

चितवन । चितवनको भरतपुर महानगरपालिका बासिन्दाले भौतिक पूर्वाधारमा नमुना काम भए पनि नगरबासीको जीवनस्तर उकास्ने योजना र काममा भने अपेक्षाअनुसार काम हुन नसकेको गुनासो गरेका छन् । 

कान्तिपुर टेलिभिजनको कार्यक्रम महानगर महाबहस कार्यक्रममा सहभागीहरूले विद्यार्थी तथा किसानका लागि सहुलियत कार्यक्रम प्रभावकारी हुन नसकेमा पनि दुखेसो गरे । नगर प्रमुख रेनु दाहालले भने आफ्नो प्रतिवद्धता अनुसार काम भएको तर केही महत्वपुर्ण कामको भने नतिजा आउन बाँकी रहेको स्वीकार गर्नुभएको छ ।

भरतपुर महानगरपालिकाले भौतिक पूर्वधार विकासमा गरेको कामबाट महानगरबासी सन्तुष्ट देखिएका छन् । तर जीनस्तर वृद्धिका लागि हुनुपर्ने जति काम हुन नसकेकोमा भने उनीहरुको दुखेसो छ । किसान तथा विद्यार्थीले समेत आफूअनुकूलका कार्यक्रमको अपेक्षा गरेका छन् ।

भरतपुर महानगर प्रमुख दाहालले भने आफूले निर्वाचनका बेला प्रतिबद्धता जनाएका विषयमा काम गरेको दाबी गर्नुभयो । उहाँले यसको जस सकारात्मक तथा नकारात्मक हिसाबले खबरदारी गर्ने महानगरबासीलाई दिनुभएको छ । नगर प्रमुख दाहालले महानगरको फोहोर व्यवस्थापनको विषयमा भने आफूले चाहेअनुसार काम गर्न नसकेको स्वीकार गर्नुभयो ।

प्रमुख दाहालले महानगरबासीका कतिपय प्रवृत्तिबाट भने आफु हायलकायल भएको भन्दै असन्तुष्टि जनाउनुभयो । सकारात्मक कामसमेत भ्रम फैलाउनेहरुप्रति सजक हुनसमेत प्रमुख दाहालले महानगरबासीसँग अनुरोध गर्नुभयो । पर्यटकीय गन्तव्य भरतपुरलाई थप व्यवस्थित र सांस्कृतिक धार्मिक महानगरको रुपमा विकास गर्नसमेत थप पहल लिन महानगरलाई स्थानीयको आग्रह छ ।

विस्तृत कार्यक्रम भिडियोमा हेर्नुहोस् : 

हेर्नुहोस् वीरगंज उपमहानगरको 'महानगर महाबहस'

हेर्नुहोस् जनकपुरधाम उपमहानगरको 'महानगर महाबहस'

हेर्नुहोस् विराटनगर महानगरको 'महानगर महाबहस'

हेर्नुहोस् पोखरा महानगरको 'महानगर महाबहस'

हेर्नुहोस् बुटवल उपमहानगरको 'महानगर  महाबहस'


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।


Enter Kantipur TV HD
Advertisement