खाडीको रेमिट्यान्स शिक्षा-स्वास्थ्य र गरिबी हटाउन, अमेरिका-युरोपको विलाशिता र उपभोगमा !

आश्विन ३, २०८१ |सुदिल पोखरेल
खाडीको रेमिट्यान्स शिक्षा-स्वास्थ्य र गरिबी हटाउन, अमेरिका-युरोपको विलाशिता र उपभोगमा !

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको अधिकांश रकम उपभोगमा प्रयोग भएको र न्यून मात्रै उत्पादनमूलक क्षेत्रमा लगाइएको सरकारी तथ्यांकहरुले नै देखाएको छ । र, सरकारले नै रेमिट्यान्सलाई उत्पादनमूलक कार्यमा लगाउने भन्दै सार्वजनिक गरेका योजना पनि सफल भइरहेका छैनन् । 

विकासका लागि रकम जुटाउने भनेर निस्कासन हुने वैदेशिक रोजगार बचतपत्र ९५ प्रतिशत त बिक्री नै नहुने गरेको राष्ट्र बैंकको निष्कर्ष छ । के साँच्चिकै सरकारले भनेजस्तै रेमिट्यान्स रकम उपभोगमा मात्रै खर्च भइरहेको हो त ? उत्पादनमा लगाउने भन्दै आएका सरकारी योजना किन सफल हुन नसकेका होलान् ? 

आजको रेमिट डिबेटमा हामी यिनै सवालमा सम्वाद गर्नेछौं । आजको रेमिट डिबेटमा हुनुहुन्छ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाली मुद्रा विप्रेषक संघका महासचिव सञ्जय सिग्देल र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बराल ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement