रेशम चौधरीले उपप्रधानमन्त्री पद मागेकाले विवाद चर्किएको हो : रन्जिता श्रेष्ठ

चैत्र २१, २०८० |दशरथ राई
रेशम चौधरीले उपप्रधानमन्त्री पद मागेकाले विवाद चर्किएको हो : रन्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद रन्जिता श्रेष्ठले पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले उपप्रधानमन्त्री पद मागेकाले विवाद चर्किएको बताएकी छन् । कान्तिपुर टेलिभिजनसँग आज कुरा गर्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा रेशमले आफूलाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरेर उपप्रधानमन्त्री बनाउन प्रस्ताव गरेको दाबी गरिन् ।

पूर्वमन्त्रीसमेत रहेकी श्रेष्ठले प्रधानमन्त्री दाहाल नेतृत्वका सरकारमा सहभागी हुन चाहेकी छन् । तर पार्टीभित्रको विवादले उनी रोकिँदै आएकी छन् । विवाद मिलेपछि सरकारमा सहभागी हुने उनले बताइन् । उनले आफू नै पार्टी अध्यक्ष रहेको दाबीसमेत गरिन् । 


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।