फायर साइडमा सुमना श्रेष्ठ : ‘फ्रस्टेसन’का कारण राजनीतिमा प्रवेश

जेष्ठ १, २०८०
फायर साइडमा सुमना श्रेष्ठ : ‘फ्रस्टेसन’का कारण राजनीतिमा प्रवेश

काठमाडौं । प्रविधि र अर्थशास्त्रकी विज्ञ सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद हुन् । उनी आफूलाई व्यवस्थापन परामर्शदाता, उद्यमी र अभियन्तको रुपमा चिनाउन रुचाउँछिन् ।

रास्वपाले गत मंसिर ४ मा पहिलोपटक आमनिर्वाचनमा सहभागी भएर मुलुकको चौथो दलको हैसियत बनायो। पार्टीले श्रेष्ठलाई समानुपातिक सांसदको जिम्मेवारी दियो ।

राजनीतिमा कसरी प्रवेश भयो भन्ने प्रश्नमा उनको जवाफ छ- पहिलो कारण त ‘फ्रस्टेसन’ नै हो । अनि निर्वाचन ताका देशको माहोल पनि त्यस्तै बनेको थियो ।

अहिले उनी पार्टीले खटाएको क्षेत्रका जनताको समस्या प्रतिनिधिसभामा बुलन्द गरिरहेकी छिन् । तर उनी आवाज उठाएर मात्र सन्तुष्ट हुन सकेकी छैनन् । उनी भन्छिन्, ‘सदनमा समस्याबारे प्रश्न नउठेको होइन । उठेको छ तर समाधान हुने तरिकाले भने उठेको छैन ।’

संसदमा सत्तापक्ष र प्रतिपक्ष दुई स्थानबीच कुनै तात्विक फरक नहुने उनको अनुभव छ तर नीति निर्माणका क्रममा जनता केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।

फायरसाइडको यस साताको अंकमा सांसद श्रेष्ठसँग पावन आचार्यले रास्वपा पुराना दलको विकल्प बन्छ कि नेपाली राजनीतिकै विकल्प ? संसदको एउटा सत्रको अनुभव कस्तो रह्यो यो पार्टीको ? सरकारमा जाने कि नजाने भन्नेमा किन सधैं अलमलमा रास्वपा ? मुलुकमा व्याप्त भ्रष्टाचार र त्यसको निवारणबारे पार्टीको धारणा के हो ? लगायतका प्रश्नको जवाफ मागेका छन् ।

अन्तर्वार्ताको संक्षिप्त अंश :

संवाद तपाईंको संसदीय यात्राबाटै सुरु गर्न चाहेँ । प्रतिनिधिसभा सदस्यको रुपमा ५ महिना व्यतित गरिसक्नुभएको छ तपाईंको अनुभव कस्तो रह्यो ?

एकदम ‘एक्साइटिङ’ भयो । धेरै कुरा सिक्ने मौका पाएँ– यो कानुन बनाउने प्रक्रियामा पनि ।

पुष २५ गते सुरु भएर वैशाख १५ गते सम्पन्न भएको नयाँ संसदको पहिलो अधिवेशनमा कुनै पनि विधेयक पारित हुन सकेन । संसदीय अभ्यास र कानुन निर्माण कस्तो हुने रहेछ भन्ने तपाईंको प्रारम्भिक मूल्यांकन के हो ?

हामीले प्रतिनिधिसभाको नियमावली मात्र पास गर्‍यौं । अरु सबै विधेयक टेबुल गरेर त्यसमा सैद्धान्तिक छलफल गरेर संशोधन राख्ने मात्र भयो । संसदीय समिति पनि हामीले अन्तिममा गठन गर्‍यौं । यो अधिवेशनमा हामीले जुन गतिमा काम गर्नु पर्ने हो त्यो चाहिँ काम भएको छैन ।

हाम्रो संसदलाई पछिल्लो समयमा आएको आरोप भनेको जनजीविकाको सवालमा ठोस काम हुन सकेको छैन भन्ने हो । केवल सत्तापक्ष र प्रतिपक्षको जुहारी गर्ने वैधानिक थलो मात्र हुँदै गएको भनिएको छ । तपाईंले पनि त्यस्तै देख्नुभयो कि अलिक फरक छ ?

यो जनजीविकाको सवालमा कुरा नउठेको चाहिँ होइन । शून्य समय र विशेष समयमा कुरा उठ्छ । तर मलाई लागेको चाहिँ जुन तरिकाले उठ्न पर्ने थियो त्यो नपुगेको हो कि जस्तो लाग्यो । प्रश्न नउठेको होइन समाधान हुने तरिकाले भने उठेको छैन ।

तपाईंको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी यो बीचमा सत्ता र प्रतिपक्ष दुवै बेन्चमा बसेको छ । कतापट्टी बस्दा चाहिँ जनताको आवाज बुलन्द गराउन सकिन्छ जस्तो अनुभव गर्नुभयो ?

अहिलेसम्म हाम्रो भाष्य नै के निर्माण भएको छ भने सत्तापक्ष हुने बित्तिकै सरकारले गरेको कुनै पनि कुरामा प्रश्न उठाउनु हुँदैन भनेर हाम्रा अग्रज सांसदहरुले पनि भन्नुभएको थियो । तर हामीले पार्टीको पहिलो संसदीय दलको बैठकमा हामीले के गर्छौं भन्दा खेरी– विपक्षले पनि जनताको चित्त बुझ्ने कुरा गर्‍यो भने हामी ताली दिन्छौं । सरकारसँग पनि जवाफदेहीता खोज्छौं । हामी सत्तापक्ष भए पनि विपक्ष भए पनि । भाष्य चाहिँ निर्माण भएको छ तर सांसद भएर काम गर्नका लागि जब जनतालाई ‘सेन्टर अफ एटेन्सन’ मा राखिन्छ भने सत्तापक्ष वा विपक्षले फरक नपार्ने रहेछ ।

बेन्ज कतापट्टि छ त्यसले फरक पार्दैन भनेपछि ?

त्यस्तै लाग्यो मलाई ।

तपाईं समानुपातिक सांसद हुनुहुन्छ । प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदको भिन्नता पनि पाउनुभयो कि ?

त्यसको यथार्थ चाहिँ यस्तो हो । यो अभिमुखीकरणका बेला पूर्वअर्थमन्त्री युवराज खतिवडाले पनि भन्नु भएको थियो कि- सांसद ज्यूहरु बाटो बनाइदिन्छु पुल बनाइदिन्छु नभनेसम्म भोट आउदैन । सदनमा आएपछि थाहा हुन्छ बाटो बनाउने पुल बनाउने आफ्नो काम होइन भनेर ।

सदनको काम नीति निर्माण गर्ने हो, जवाफदेहीता खोज्ने हो । हामीले मतदातमा चेतना पनि पुर्‍याउन नसकेर हो ।

प्रत्यक्ष निर्वाचित सांसदले खासगरी आफ्नो क्षेत्रको विशेषको मुद्दा बढी उठाउने गरेका छन् । तर समानुपातिक सांसदलाई त्यो बाध्यता छैन । तपाईंहरुले उठाउने मुद्दा कतिको सशक्त रुपमा आएका छन् त ?

यो क्षेत्रमा यो समस्या छ भनेर आइरहेकै हुन्छ । त्यो पक्का गरेपछि मेरो शून्य समयमा उठाउने विषयमा चाहिँ छ । मैले देखेको चाहिँ समानुपातिक सांसद र प्रत्यक्ष सांसदमा जब हामीले जनतालाई प्रष्ट पार्न सक्छौं कि मैले काम गर्ने नीति निर्माणमा हो, म यो यो कुरा उठान गर्छु ।

हाम्रो पार्टीमा कस्तो छ भने– म समानुपातिक सांसद भए पनि मलाई चारवटा जिल्लाको पनि जिम्मा छ । ती जिल्लामा समस्या आयो भने चाहिँ उठाउने जिम्मा मेरो हुन्छ ।

तपाईंहरु नयाँ अनुहार संसदमा आएपछि एक खालको उत्साह प्रकट भएका छन् ? त्यति हुँदा हुँदै तपाईँहरुमाथि एउटा टिप्पणी निकै सुन्न पाइन्छ । निराशा र असन्तुष्टिबाट फाइदा लिन खोज्ने तर समस्याको समाधान दिन नसक्ने भनेर । के भन्नुहुन्छ ?

हामीले अहिलेसम्म भाष्य निर्माण गर्न नसकेको र भाष्य निर्माण गर्नुपर्ने भनेको चाहिँ एउटा सांसद कत्तिमो ‘पावरफुल’ छ । सांसदले जवादेहीतामा धेरै काम गर्न सक्छ । संसदको माध्यमबाट पनि पत्र लेख्न सक्छ । दोस्रो सदनबाट पनि कुरा उठाउन सकिन्छ । तेस्रो भनेको मन्त्रालयहरुलाई सिधा लेख्न सक्छ । एउटा सांसदले बोलाए र के भएको हो भनेर जवाफदेहीता गर्न सक्छ ।

तपाईंले प्रश्न गरे जस्तो चाहिँ होइन । रास्वपाका सांसदको जवाफदेहीता र सफलता हेर्न भने भने यो पाँच महिनामा डेलिभरी चाहिँ धेरै नै भएको छ ।

काठमाडौं लगायत शहरी क्षेत्रका मतदातालाई आकर्षित गर्न सामाजिक सञ्जालहरुमा बढी केन्द्रित हुनुहुन्छ । दूरदराजमा जनताको समस्या र सरोकारमा चाहिँ कतिको ध्यान दिनुभएको छ ?

यो कुरालाई म स्वागत पनि गर्छु । जुन तरिकाले हाम्रो मुलुकमा चुनाव हुन्छ त्यसमा कति धेरै पैसा खर्च हुन्छ । हामी पैसा खर्च गर्न सक्ने अवस्थामा छैनौं । त्यसले गर्दा समाजिक सन्जालले ‘कस्ट अफ मेसेजिङ’ घटाएको छ । सामाजिक सन्जालमार्फत मैले त्यही कुरा पाँच पटक राख्न पाउँछु । घरदैलो गर्नै हो भने हरेक दिन त्यो खाजाको लगायत धेरै कुरामा पैसा खर्च हुन्थ्यो ।

दूरदराजमा हाम्रो समस्या पनि त्यही हो । अहिले हाम्रो संगठन विस्तार हुँदै छ बिस्तारै । जब संगठन विस्तार हुन्छ त्यहाँको पनि समस्याहरु आउँदै गर्छ । त्यसलाई समाधान गर्न पनि हामीले नीति निर्माण गर्छौं ।

पपुलिस्ट कुरा गर्नु र व्यवहारमा काम गर्नुमा धेरै भिन्नता छ भन्ने मान्नुहुन्छ ?

त्यो त नमान्नु पर्ने कुरै छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणका लागि सरकारले काम गर्न खोजिरहँदा त्यही सरकारलाई दिएको समर्थन फिर्ता गरेर गल्ती गरेको महसुस त भएको छैन ?

त्यो लागेको छैन । किनभने उहाँले (प्रधानमन्त्री) विश्वासको मत लिनु नै पर्दैन । हामी भएर पनि नेपाली कांग्रेस निस्केको भए समस्या हुन्थ्यो । 

यसअघि...

फायरसाइडमा माधव नेपाल : मान्छे बिग्रने शक्तिको उन्मादले हो, सानो भएपछि सुन्ने गरी कराउनुपर्छ !