
काठमाडौं । जेन-जी फ्रन्टले केही केन्द्रीय विभागमा विभागीय सदस्यसँगै सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ ।
जेन-जी आन्दोलनलाई संस्थागत गर्न र सबै नागरिकलाई एकताबद्ध बनाउने गरी काम गरिरहेको र सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकिएको जेन-जी फ्रन्टका सदस्य युजन राजभण्डारीले जानकारी दिनुभयो । यसैगरी संविधान मान्ने पक्षलाई एक ठाँउमा ल्याउन संवाद भइरहेको उहाँले जानकारी दिनुभयो ।
जेन-जी अगुवा तनुजा पाण्डेले विभिन्न पक्षसँग निरन्तर संवाद भइरहेको जानकारी दिनुभएको छ । यसैगरी जेन-जी अगुवा सुदन गुरूङले जेन- जीहरू सबै नेपालीलाई एकै ठाउँमा ल्याउने गरी संस्था दर्ताको काम भइरहेको बताउनुभएको छ । अहिले विभिन्न समूहहरू निरन्तर संवादमा रहेका छन् भने केही समूहले दल दर्ताको तयारीसमेत थालेका छन् ।