नेपाल काभा यू-१९ महिला भलिबल प्रतियोगिताको फाइनलमा

कार्तिक २२, २०८२ |खेल ब्युरो
नेपाल काभा यू-१९ महिला भलिबल प्रतियोगिताको फाइनलमा

काठमाडौं । नेपाल काभा यू-१९ महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकको कोलोम्बोमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । एकपक्षीय नतिजा हात पार्ने क्रममा नेपालले पहिलो सेट २५-११ दोसो सेट २५-३ र तेस्रो सेट २५-५ ले आफ्नो पक्षमा पारेको थियो ।

नेपालले अब उपाधिका लागि कीर्गिस्तानसँग खेल्नेछ । कीर्गिस्तानले आजै भएको पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई सोझो सेटमा हराएको थियो । नेपाल यसअघि लिग चरणमा कीर्गिस्तानसाग ३-२ को सेटमा पराजित भएको थियो । फाइनल खेल आइतबार हुने छ ।