हैरान्स क्लबद्वारा हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जित दर्ता

कार्तिक २२, २०८२ |खेल ब्युरो
हैरान्स क्लबद्वारा हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जित दर्ता

काठमाडौं । तनहुँको हैरान्स क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जित दर्ता गरेको छ ।

गौरीटार रंगशालामा शनिबार सम्पन्न दोसो खेलमा दोलखाको टाइर्गस टिमलाई ५-२ गोलअन्तरको विशालअन्तरले पराजित गर्दै हैरान्सले प्रतियोगितामा ३ अंक जोडेको हो । हैरान्स यसअघि सुर्खेतको काँक्रेबिहार युथ क्लबसँग ३-२ ले पराजित भएको थियो भने टाइगर्सले उदयपुरको गाईघाट फुटबल क्लबलाई २-१ ले पराजित गरेको थियो । 

हैरान्सका लागि खेलको २५औं र ३२औं मिनेटमा रोहन दोङले गोल गर्दै ब्रेस पुरा गरेका थिए । यस्तै समीरराज थोकर, विश्व लामा र अनिश महर्जनले १-१ गोलको बराबरी खेले । टाइर्गसका लागि विशेष लामाले दुई गोल गरे पनि टिमको हार टार्न सकेनन् । आजै सम्पन्न अर्को खेलमा बाराको नवजनजागृति क्लब र सुर्खेतको काँक्रेबिहार युथ क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन पछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइलनसहित राष्ट्रिय लिगमा समेत स्थान बनाउने छन् । प्रेसिडेन्ट कपको विजेताले १० लाख र उपविजेताले ५ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।