
काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिच क्षेत्रमा आइतबार साँझ भएको गोलीकाण्डमा १२ जनाको मृत्यु भएको छ ।
यहुदी समूहले मनाउने हनुक्का पर्वको उत्सव चलिरहँदा भएको गोलीकाण्डमा कम्तिमा १२ जनाको मृत्यु भएको र २९ भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हनुक्का मनाउन ठूलो संख्यामा मानिसहरू जम्मा भइरहेका बेला स्थानीय समयमा आइतबार साँझ ६:४७ बजे बोन्डी बिच नजिकैको बोन्डी पार्क प्लेग्राउन्डमा गोली प्रहार भएको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेको छ भने आक्रमणकारी भएको आशंका गरिएका अर्का एक जनाको मृत्यु भएको छ । घटनामा घाइते हुनेहरूमा दुई प्रहरी अधिकृतहरू पनि रहेको बताइएको छ ।
प्रहरीले नागरिकलाई उक्त क्षेत्रबाट टाढा रहन र सुरक्षा निर्देशनहरू पालन गर्न आग्रह गरेको छ। अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानिजले अबको प्राथमिकता घाइतेहरूको उपचार र सुरक्षाको सुनिश्चितता भएको बताउनुभएको छ ।