रुसी सहर रोस्तभमाथि वाग्नर ग्रुपको नियन्त्रण दाबी (तस्बिरमा)

असार ९, २०८०
रुसी सहर रोस्तभमाथि वाग्नर ग्रुपको नियन्त्रण दाबी (तस्बिरमा)

मस्को । रुसी सहर रोस्तभमाथि नियन्त्रण गरेको वाग्नर ग्रुपले दाबी गरेको छ । वाग्नर ग्रुपका प्रमुख येभ्गेनी प्रिगोजिनले पनि आफ्ना लडाकुहरुले रुसको दक्षिण सहर रोस्तभको सैनिक क्षेत्र आफूले नियन्त्रणमा लिएको जनाएका छन् ।

समाचार एजेन्सी रोयटर्सले रोस्तभ सहरका केही तस्बिर सार्वजनिक गरेको छ । जहाँ सडकमा ट्यांक र सैनिक देखिएका छन् ।

रुसको दक्षिण सैन्य कमान्ड यही रोस्तभ सहरबाटै चल्छ । यसैकारण पनि यो सहर महत्त्वपूर्ण मानिन्छ । साथै युक्रेनसँगको युद्धका लागि रुसलाई यसले समस्यामा पार्न सक्छ ।

वाग्नर ग्रुपसँग ५० हजार लडाकु रहेको अनुमान गर्न सकिन्छ । जो युक्रेनविरुद्ध लडिरहेको छ ।

सबै तस्बिर : रोयटर्स

थप समाचार...

रुसमा सुरक्षा व्यवस्था कडा, वाग्नर समूहका प्रमुखमाथि विद्रोहको आरोप
युक्रेन लडाइँमा आफ्ना २० हजार सैनिक मारिएको वाग्नर ग्रुपको दाबी


Enter Kantipur TV HD
Advertisement