ओलेक्जेन्दर शामशर : जो दिनमा 'हेयरड्रेसर' र रातमा 'ड्रोन हन्टर' को काम गर्छन्

फाल्गुन ८, २०७९ |मिमराज पाण्डेय
ओलेक्जेन्दर शामशर : जो दिनमा 'हेयरड्रेसर' र रातमा 'ड्रोन हन्टर' को काम गर्छन्

किएभ । सन् २०२२ को फेब्रुअरी २४ अगाडि ओलेक्जेन्दर शामशर एक हेयरड्रेसर थिए । तर जब रूसविद्धको युद्धमा उनको देश होमियो- शामशरले खुशीका साथ सैन्य कार्यहरू आफ्नो काँधमा लिए । उनी युक्रेन र युक्रेनी जनतालई रुसी आक्रमणबाट रक्षा गर्न खटिएका दशौं हजार स्वयंसेवकहरूमध्ये एक हुन् ।

'म धेरै खुशी मान्छे हुँ । किन ? किनभने म मेरो देशको रक्षा गर्दैछु । म हाम्रा युक्रेनी जनाताको रक्षा गर्दै छु ।' एक भवनको छतबाट रेञ्ज फाइन्डरसहितको थर्मल क्यामराकोमाध्यमबाट क्षितिज नियाल्दै शामशर भन्छन् ।

ओलेक्जेन्दर ४१ वर्षका भए । उनी अहिले दिनमा 'हेयरड्रेसर' र रातमा 'ड्रोन हन्टर' को रूपमा काम गर्छन् । उनीको काम युक्रेनका सहरहरूमा प्रहार गरिएका रुसी क्षेप्यास्त्र र ड्रोनहरू खसाल्नु हो । युक्रेनविरुद्धको रुसी आक्रमणको एक वर्ष पुग्न लाग्दा शामशर जस्ता दशौँ हजार स्वयंसेवकहरू आफ्नो देशको रक्षाका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् । उनी संलग्न रहेको युक्रेनी क्षेत्रीय रक्षा इकाईका सदस्यमा कानुन व्यवसायी र व्यापारीहरू पनि छन् ।

शामशर अहिले जे गरिरहेका छन्- त्यसमा उनलाई गर्व छ । देश र देशवासीको रक्षामा काम गर्न पाउनु उनका लागि खुशीको कुरा हो । र, सोही समयकाबीच ब्यूटी सैलुनमा आउनु, ग्राहकसँग कुराकानी गर्दै कपाल काट्नु साथै सौन्दर्यका अरू काम गर्दा उनलाई छुट्टै आनन्द मिल्छ ।

शामशर यस युद्ध अघि सैन्य रिजर्व बलका एक सदस्य थिए । जब रसियाले युक्रेनविरुद्धको हमला सुरु गर्यो । त्यसको केहीपछि गोलाबारीका कारण उनको सैन्य अड्डा ध्वस्त भएको उनले थाह पाए । सुरुमा नागरिकहरूलाई खाना वितरण गर्न र विस्थापित भएकाहरूलाइ सहयोग गर्न उनी क्षेत्रीय सुरक्षामा सामेल भएका थिए ।

'म जनाताको रक्षा गर्न चाहन्थेँ ।' ओलेक्जेन्दर शामशर भन्छन्, 'यसकारण होइन कि त्यो हाम्रो एक कर्तव्य थियो, यसकारण कि म त्यही गर्न चाहन्थेँ । जे म गर्न सक्छु ।' उनी अगाडि भन्छन्, 'आवश्यक पर्यो भने म मेरो जीवन बलिदान गर्न सक्छु । म यसको बारेमा दुई पटक सोच्ने छैन ।'

शामशर युद्ध अन्त्य भएको देख्न आतुर छन् । तर उनको एउटै मात्र सर्त छ- त्यो हो यदि युक्रेनीहरूले जिते भने ।

रोयटर्सको सहयोगमा ।

यो पनि...

रुस-युक्रेन युद्धका २६६ दिन


Image

मिमराज पाण्डेय

पाण्डेय कान्तिपुर टेलिभिजनमा २०७९ को असोजदेखि २०८१ सालको मंसिरसम्म उपसम्पादकको भूमिकामा कार्यरत थिए । सामाजिक सञ्जालहरूमा उनलाई @mrpandeya लेखेर खोज्न सकिन्छ ।


Enter Kantipur TV HD
Advertisement