
ताप्लेजुङ-खोटाङ । लगातार दुई दिनको बिदाले हिमाली जिल्ला ताप्लेजुङमा स्वास्थ्य सेवा लिनुपर्ने सेवाग्राही प्रभावित भएका छन् ।
यातायातको सुविधा पुगिनसकेको क्षेत्रका सेवाग्राहीले हिँडेर गन्तव्यमा जानुपर्ने र स्वास्थ्यकर्मीसमेत टाढाका हुँदा स्वास्थ्य सेवा पाउन कठिन हुने गुनासो गरेका छन् ।
भौगोलिकरूपमा डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला ताप्लेजुङमा स्वास्थ्यचौकीमा पुग्न घन्टाैं लाग्ने ठाउँहरू छन् । यस्तै हप्तामा दुई दिन बिदा दिएपछि जिल्ला अस्पताल खोटाङमा भीड लागेको छ।
गाउँघरबाट आउने बिरामीहरू सरकारी बिदाको प्रावधानले मंगलबार अस्पतालमा भीड लागेका हुन् । सीमित स्रोतसाधन तथा कम जनशक्तिका कारण सेवा प्रवाहमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ।