बाँके । बाँकेको राप्ती नदी तटीय क्षेत्रमा बाढी र डुबानका कारण झाडापखला, हैजा र लुतोसँगै छालासम्बन्धी रोगको सङ्क्रमणबाट विपन्न समुदायका बासिन्दा बढी प्रभावित हुँदै आएका छन् ।
आर्थिक अवस्था कमजोर भएकाले नेपालगन्जका ठूला अस्पतालमा पुगेर उपचार गर्न नसक्दा जोखिममा पर्दै आएका बासिन्दालाई नि:शुल्क औषधी उपचार गर्न डुडुवा गाउँपालिकाले ५ शय्याको सामुदायिक आधारभूत अस्पताल निर्माण गरेको छ । उपचारको व्यवस्था गर्न थालेको हो ।
बाँकेको राप्ती नदी तटिय बस्ती बेतहनीका रामफेरन गुप्ताको बस्ती बर्खामा नदी र नालामा आउने बाढीले नडुवाएको कुनै वर्ष छैन् । न त झाडापखाला र हैजा जस्तो प्रकोपबाट जोगिन नै सकेका छन् । अधिकांश छाप्राको बास । बाढी र डुबानसँगै आउने सरूवा रोगका कारण समयमा उपचार ज्याननै जोखिमा पर्ने गरेको स्थानियको अनुभव छ ।
डुडुवा, गन्धैली र सुतैया नालासँगै राप्ती नदीमा आउने बाढीका कारण डुडुवा गााउपालिका अधिकांश बस्ती जलमग्न हुन्छन । तीन तिरबाट नदीले घेरिएको नदी पूर्वको बस्ती चौफेरिका बासिन्दालाई त विपद्को बेला ज्यान जोगाउनै कठिन हुन्छ ।
जेनतेन सुरक्षित भैहाले पनि डुवानका बेला शुद्ध पिउने पानीको अभावमा धेरै जसो बिरामी भएर थला पर्छन् । तर औषधी उपचार गर्न बजार जान समेत सक्दैनन् । त्यस्ता प्रभावित क्षेत्रका बासिन्दालाई तटिय क्षेत्रमै उपचार गर्न बाढी आउनु अघिनै डुडुवा गााउपालिकाले बेतहनीमा ५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने जनाएको छ ।
अस्पातल भवानको दुई तला मध्ये एउटा तला निर्माण भैसकेको छ । रोग परीक्षण गर्ने ल्याबसहितका उपकरण धमाधम जडान भैरहेका छन् । औषधी खरिद प्रकृया अन्तिम चरणमा छ । एक्सरे मेसिन पनि जडान गरिएको छ । बिरामी राख्ने वार्डहरू निर्माण भैसकेका छन् । यस्तै चिकित्सकको पदपुर्ति पनि सुरू गरिएको छ ।
करिब तीन करोड रूपैयाँ लागतमा यो सामूदायीक आधारभूत अस्पताल निर्माण गर्न थालिएको हो । एक जना मेडिकल अफिसरको नेतृत्वमा सञ्चालन गरिने अस्पतालले जेष्ठ नागरिकलाई नि:शुल्क उपचार गर्ने जनाएको छ।
डुवानका बेला प्रसुती व्यथाले च्यापेर छट्पटिएका महिला नेपालगन्ज जान सक्ने अवस्थामा हुँदैनन् । यस्तो अवस्थामा महिला शिशुको जीवन रक्षाका लागि निर्माण भैरहेको अस्पतालमै प्रसुती सम्बन्धी उपचारको व्यवस्थागर्नु पर्ने स्वास्थ्यकर्मीको माग छ ।
नदी तटिय डुडुवा गााउपालिकाको यो सामूदायीक आधारभूत अस्पताल भारतीय सिमा क्षेत्र नजिक पनि छ । जसले गर्दा डुवान प्रभावित क्षेत्रका बासिन्दाको उपचारगर्न सिमापारी धाउनु पर्ने बाध्यताको केही हद सम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।