बिहान सडकमा हिड्नै पर्ने प्रेरणा जगाउने उदेश्यका साथ चिकित्सकले थाले अभियान

स्वास्थ्य मन्त्री प्रदिप पौडेल समेत सहभागी
चैत्र ९, २०८१ |जे पाण्डे
बिहान सडकमा हिड्नै पर्ने प्रेरणा जगाउने उदेश्यका साथ चिकित्सकले थाले अभियान

नेपालगन्ज । स्वास्थ्यका लागि हिडाइ यो भनाइलाई मुर्तरुप दिन र अल्छि गरेर घर भित्रै बस्नेहरुलाई सडकमा पैदल हिड्ने तुल्याउन दाङका एक जना चिकित्सकले थालेको अभियानले पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा समेत प्रभाव पारेको छ ।

बरिष्ठ बालरोग बिशेषज्ञ डा. किशोर खत्रीले मनिसहरुलाई हरेक बिहान सडकमा हिडनै पर्ने प्रेरणा जगाउने उदेश्यले बिरामी भएर अस्पताल आउनुको साटो रोग लाग्नै नदिन र निरोगी हुन बिहान बिस्तराबाट सडकमा कुद्नु प्रेरित गर्दै अनुभएको छ ।

जसको प्रभाव नेपालगन्जमा समेत परेको छ । हरेक बिहान दाङका सडकमा मात्र देखिने चिकित्सकहरु आज बिहान नेपालगन्जको रत्नराजमार्गमा दौडिएका थिए ।

दौड प्रति थप जागरण ल्याउन स्वास्थ्य मन्त्री प्रदिप पौडेलसमेत आज सहभागी हुनु भएको छ । साथ-सथै नेपालगन्जका अधिकांश चिकित्सकसँगै स्थानीयहरु विहानी पखको हिडाइमा सहभागी भए ।

बिहानीको हिडाइ कुनै जुलुस जस्तो देखिएको थियो ।  


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।