विभागले खाद्यपूरकका नाममा भ्रम सिर्जना गर्‍यो : फ्यान्क्यान

माघ २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
विभागले खाद्यपूरकका नाममा भ्रम सिर्जना गर्‍यो : फ्यान्क्यान

काठमाडौं । नेपाल खाद्य, न्युट्रास्युटिकल तथा कस्मस्युटिकल संघ (फ्यान्क्यान)ले स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागले न्युट्रास्युटिकल्स अर्थात खाद्यपूरकका नाममा भ्रम सिर्जना गरिरहेको दाबी गरेको छ । फार्माकोपियामा उल्लेख भएका र उपचारमा प्रयोग हुने भिटामिन र खनिज जस्ता मिनिरल्स बिक्री वितरण भइरहेकामा २०४९ फागुन १८ मा प्रतिबन्धित भिटामिन तथा खनिजको सम्रिश्रण समेत देखिएको औषधि व्यवस्था विभागको सूचना भ्रमपूर्ण रहेको फ्यान्कानले दाबी गरेको हो ।

फ्यान्कानका अनुसार औषधि ऐन २०३५ मा स्वास्थ्यलाई हानि पुर्‍याउने विभिन्न औषधि र तिनका समिश्रणहरूलाई २०४७ र २०४९ सालमा राजपत्रमा प्रकाशित गरी ओरल लिक्विड भिटामिन, इन्जाइम्सहरूलाई थेराप्युटिक डोजका बाहेकका समिश्रण भएका औषधिहरूलाई मात्र प्रतिबन्धित गरी उत्पादन, आयात तथा बिक्री वितरणमा रोक लगाएको तर भिटामिन्स तथा यसका समिश्रणहरूलाई प्रतिबन्ध लगाइएको छैन । 

संघका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आहारपूरक डायटरी सप्लिमेन्ट कार्यविधि २०७२ अनुसार अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी जाँचका आधारमा दर्ता गर्ने, आयात इजाजत दिने र नियमन गर्ने गरेकाले औषधि विभागले आहारपूरक सामग्रीलाई औषधिको रूपमा दर्ता गर्न खोज्नु कानुन विपरीत रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार :

भिटामिन, क्याल्सियम जस्ता सप्लिमेन्ट गैरकानुनी रूपमा औषधि पसलबाट खुलेआम बिक्री


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement