बाढीले डेंगी, मलेरिया र झाडापखाला संक्रमणको जोखिम उच्च

असार २५, २०८१ |कृपाल गौतम
बाढीले डेंगी, मलेरिया र झाडापखाला संक्रमणको जोखिम उच्च

काठमाडौं । बाढी-पहिरो र डुबानका बेला खानपानका कारण र सरसफाइ अभावले स्वास्थ्यमा समस्या देखिन थालिसकेको छ । पानी प्रदूषित हुने भएकाले हैजा र झाडापखालाजस्ता पानीजन्य संक्रमण फैलिन सक्छ ।

यो बेला खानपानका कारण स्वास्थ्यमा देखिन सक्ने समस्याबारे बाढीपीडितलाई थाहा हुँदाहुँदै पनि व्यवहारमा लागु गर्न सकेका छैनन् । यस्तो मनसुनजन्य विपद्का बेला पानी प्रदूषित हुने भएकाले हैजा र झाडापखालाजस्ता पानीजन्य संक्रमण फैलिन सक्छ । डुबान भएका क्षेत्रमा सर्पदंशका घटना पनि यही बेला बढ्ने गर्छ ।

लामखुट्टेको टोकाइबाट हुने डेंगी, मलेरियाजस्ता कीटजन्य संक्रमणको जोखिम पनि उच्च हुन्छ । यस्तो बेला प्रदूषित पानीका कारण देखिने कमलपित्त अर्थात् भाइरल हेपटाइटिस ‘ए’ र ‘ई’ लगायतको समस्या देखिनेसमेत सम्भावना रहने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाको भनाइ छ ।

विपद्का बेला सरसफाइमा ध्यान नदिएमा, जथाभावी शौच गरेमा तथा खानपानमा सावधानी अपनाउन सकेनौं भने संक्रामणको जोखिम बढ्ने मात्र हैन यसले महामारीको रुप लिन सक्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

बाढीका कारण डुबान र विपद् बढिसकेकाले यो अवस्थामा प्रभावित नागरिकलाई सचेत गराउन र उनीहरुलाई सेवा दिन स्थानीय पालिकाहरु नै सक्रिय हुनुपर्छ । बिरामी नभएसम्म कोही पनि अस्पताल नआउने भएकाले खानेकुरा तथा पानी शुद्धीकरण र बासस्थानलगायत सरसफाइमा काम गर्न स्वास्थ्यकर्मी र पालिकाका कर्मचारी विस्थापितसम्म आफैं पुग्नुपर्छ ।

उनीहरुलाई आवश्यक सहयोग प्रदेश र संघ सरकारले पनि गर्नुपर्छ नभए जुनसुकै बेला पनि महामारीको रुप लिनसक्ने सम्भावना रहन्छ ।

यो पनि...

बाढीपीडितका घरमा ३ दिनसम्म चुलो बलेन [भिडियो रिपोर्ट]

बाढीपीडितका पीडा- भोकसँगै रोगले पनि सताउन थाल्यो {स्थलगत रिपोर्ट}

बाढीले सप्तरी फत्तेपुरका ५४ घर डुबानमा


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement