
काठमाडौं । गृह मन्त्रालयले विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रमहर" सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी देशमा अस्थिरता निम्त्याउने समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति निम्त्याउन सक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरेको छ । मन्त्रालयले सबैका जायज माग सम्बोधन गर्न सरकार सदा तत्पर रहेको भन्दै वार्ता र सम्वादका माध्यमबाट मागको विधिसम्मत समाधान खोज्न आग्रह गरेको छ ।
यस्तै, जेन–जी आन्दोलनका अगुवा पुरूषोत्तम यादवले विज्ञप्ति जारी गर्दै देशलाई अस्थिरतातर्फ धकेल्ने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गर्दै देशलाई अघि बढाउने बाटो सम्वाद, संयम र सहकार्य नै भएको उल्लेख गर्नुभएको छ ।
