बारामा हैजाविरूद्धको खोप अभियान सुरू

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
बारामा हैजाविरूद्धको खोप अभियान सुरू

बारा । बारामा हैजाविरूद्धको खोप अभियान सुरू भएको छ ।

बाराको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, फेटा गाउँपालिका, विश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाका ७५ वटा वडामा खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ । 

जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश राय यादवका अनुसार अभियान असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत एक वर्षभन्दा माथिका ३ लाख ६५ हजार ९ सय ३१ जनालाई हैजा विरुद्धको खोप दिइने लक्ष्य राखिएको छ । 

खोप अभियानका लागि आवश्यक सबै तयारी पूरा गरिएको र स्थानीय तहसँग समन्वयमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको प्रमुख यादवले बताउनुभएको छ । बारा जिल्लाका उच्च जोखिममा रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर खोप दिने काम सुरू भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.