बाढीले सप्तरी फत्तेपुरका ५४ घर डुबानमा

असार २५, २०८१ |आरएन विश्वास
बाढीले सप्तरी फत्तेपुरका ५४ घर डुबानमा

सप्तरी । सप्तरीस्थित त्रियुगा नदीमा आज (मंगलबार) आएको बाढीले सप्तकोशी नगरपालिकाका ५४ घर डुबानमा परेको छ ।

अविरल वर्षाका कारण त्रियुगामा आएको बाढी सप्तकोशी नगरपालिका २, फत्तेपुरमा रहेको सुकुम्बासी बस्तीमा पसेको हो । त्रियुगा नदीको पूर्वी तटबन्ध कटान गरी बाढी सुकुम्बासी बस्ती पसेको वडाध्यक्ष जाहिर हुसेनले जानकारी दिनुभयो ।

डुबान क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीका उद्धार टोलीसहित जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले बाढीमा फसेकाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

उद्धार गरिएका बाढीपीडितहरुलाई स्थानीय मस्जिदमा राखिएको तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरी चौकी फत्तेपुरका प्रमुख पन्नलाल चौधरीले जानकारी दिनुभयो ।

डुबानबाट कुनै मानवीय क्षति नभए पनि घर, लत्ताकपडा, खाद्यान्नलगायत सामग्रीमा क्षति पुर्याएको छ ।

यस्तै त्रियुगा नदीको बाढी छिमेकी जिल्ला उदयपुरको बेलका नगरपालिका १ मा पनि पसेको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement