नर्भिक अस्पतालले बढायो नर्सको तलब

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
नर्भिक अस्पतालले बढायो नर्सको तलब

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालले नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ। 

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरी न्युनतम तलब ३७ हजार  कायम गरेको छ । 

नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो। नर्भिकले गत महिना भएको जेन-जी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीले देखाएको सदासयता र उच्च सेवाभावको प्रशंसा गरेको छ।

 देशका विभिन्न निजी मेकिडलमा कलेजमा कार्यरत नर्स न्युनतम पारिश्रमिक वृद्धिको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.