शास्त्रीय गायक कामतको प्रस्तुतिमा सुरम्य सन्ध्या (भिडियोसहित)

चैत्र ५, २०७९ |जितेन्द्र झा
शास्त्रीय गायक कामतको प्रस्तुतिमा सुरम्य सन्ध्या (भिडियोसहित)

काठमाडौं । शास्त्रीय गायक गुरुदेव कामतको शनिबार काठमाडौंमा २५औं एकल प्रस्तुति सम्पन्न भएको छ ।

गुरुदेव कामत फाउन्डेसनले सुरम्य सन्ध्या २०७९ आयोजना गरेको हो । गायक कामतले खयाल, ठूमरी र गजल प्रस्तुत गरेका थिए । राग मधुमन्तीबाट सुरु भएको सुरम्य सन्ध्यामा कामतले नेपाली, मैथिली र हिन्दी भाषाका गीत गाए ।

६७ वर्षीय कामतले शास्त्रीयका साथै आफैंले संयोजन गरेका गीतसमेत प्रस्तुत गरेका थिए ।

कामत शास्त्रीय गायक तथा शास्त्रीय संगीतका प्रशिक्षकका रुपमा चर्चित छन् ।


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement