आजबाट निफ, ‘सोले’का निर्देशकसहित विदेशी चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति

चैत्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
आजबाट निफ, ‘सोले’का निर्देशकसहित विदेशी चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरु भएको छ । यही चैत २३ गतेसम्म चल्ने महोत्सवको नवौँ संस्करणको बिहीबार काठमाडौँमा उद्घाटन गरिएको हो । 

महोत्सको उद्घाटन सत्रमा बलिउड फिम ‘सोले’ का निर्देशक रमेश सिप्पीसहित स्वदेशी तथा विदेशी चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति छ । महोत्सव अवधिभर स्वदेशी तथा विदेशी चलचित्रहरू प्रदर्शन गरिने बताइएको छ । 

महोत्सवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.