समानुपातिकमा रास्वपाको झन्डै ५० लाख मत

फाल्गुन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकमा रास्वपाको झन्डै ५० लाख मत

काठमाडौँ । प्रत्यक्षतर्फ बहुमततर्फ अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा समानुपातिकमा समेत निकै अगाडि छ । अहिलेसम्म एक करोड ३ लाख १७ हजार ८ सय ७२ मत गणना हुँदा रास्वपाले सबैभन्दा बढी ४९ लाख ६२ हजार ७ सय ३ मत ल्याएको छ ।

त्यस्तै नेपाली कांग्रेसले १६ लाख ७७ हजार ३ सय ५२, नेकपा एमालेले १३ लाख ९२ हजार ४ सय ८२ र नेकपाले ७ लाख ५५ हजार २ सय ५५ मत पाएको छ ।

श्रम संस्कृति पार्टीले ३ लाख ४८ हजार ७ सय ३३, राप्रपाले ३ लाख २३ हजार २ सय २७ मत पाउँदा जनता समाजवादी पार्टीले १ लाख ७० हजार १ सय ३३ मत पाएको छ ।

पहिलोपटक संसदीय निर्वाचन लडिरहेको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.