
काठमाडौं । सरकारले सातामा दुई दिन शैक्षिक संस्था बिदा दिने निर्णयले कोर्स पूरा नहुने मात्र नभइ विद्यार्थीको शैक्षिक उन्नयनमै समस्या हुने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
संघीय सरकारले पेट्रोलियम पदार्थको अभाव देखाउँदै साताको दुई दिन शनिबार र आइतबार शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ । तर, स्थानीय तहहरूले भने संघीय सरकारको निर्णय अव्यवहारिक भन्दै आइतबार नियमित रूपमा पठनपाठन सुचारु गर्ने निर्णय गरेका छन् ।
दुई दिन बिदाले विद्यार्थीको पठनपाठनका दिन घट्ने र क्रेडिट आवर पूरा गर्न नसकिने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । यस्तै अन्य स्थानीय तहले समेत पठनपाठन पूरा नहुने र विध्यार्थीको पर्याप्त सिकाइमा समस्या हुने भएकाले आइतबार बिदा नदिइ कक्षा सञ्चालन गरेको प्रतिक्रिया दिएका छन् ।
सम्बन्धित समाचार :